दाङ, असोज ३० । नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का मोटरसाईकलको ठक्करवाट घाइते भएका छन् ।
नगरपालिका नजिकै पैदल हिडिरहेका निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति खड्कालाई रा १ प ५३५५ नम्वरको मोटरसाईकलले ठक्कर दिएर घाइते बनाएको छ ।
मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लहरौरा निवासी १८ बर्षीय यमराज केसीपनि सामान्ने घाइते भएका छन् । काँग्रेस क्षेत्रीय सभापतिको हात र खुट्टामा घाउ खत लागेको छ । क्षेत्रीय सभापति खड्कासहित मोटरसाईकल चालक केसीपनि तुलसीपुर सिटी हस्पिटलको उपचार पछि डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
एकै दिशा दक्षिण तर्फ आइरहेको समयमा सभापति खड्कालाई मोटरसाईकलले पिच भन्दा बाहिर रङ साईडमा हानेर ठक्कर दिएको थियो । सवारी चालक केसीसंग सवारी चालक अनुमति पत्र समेत फेला परेको थिएन । सभापति खड्काले आफु र घाइते केसीको उपचार खर्च समेत आफै बेहोरेको बताए । पीडकलाई कुनैपनि नैसियत नदिएर अवदेखि मोटरसाईकल सावधान पूर्वक चलाउन सुझाव दिएर छोडेको बताए ।