सल्यान ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठक मंगलवार यहाँको चाँदनी साततले गुफामा बस्यो । बैठकले गुफाको प्रचारप्रशार र विकासका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘ राम्रो पर्यटकिय संभावना बोकेको गुफाको विकास र सरक्षणमा ध्यान दिन स्थानीय सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’ जिल्ला सविच शंकर केसीले भने ।
छत्रेश्वरी गाउापालिका वडा नम्बर ५ लेखपोखरामा रहेको प्राकृतिक गुफामा महासघले बैठक गर्दै स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारलाई धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चाँदनी साततले गुफाको विकासमा जोड दिन ध्यानाकर्षण गराइएको केसीले बताए ।
उक्त बैठकले महासघको वार्षिक साधारण सभा मंसिर ८ गते कपुरकोटमा गर्ने निर्णय पनि पारित गरेको छ । महासघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षत र महासघका केन्द्रीय सदस्य टेकराज शाहीको प्रमुख आथित्यमा बैठक भएको थियो ।
विक्रम संवत २०५२ साल मंसिर ४ गते पत्रकार महासघ जिल्ला शाखा सल्यान गठन भएको हुँदा उस्ले उक्त दिनलाई बार्षिक उत्सवका रुपमा मनाउँदै आएको छ । बैठकले बार्षिक उत्सवको पूर्व सन्ध्यामा मंसिर ३ गते विहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाई गर्ने , ४ गते महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितिका पदाधिकारी र पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको महासघका उपाध्यक्ष भरतकुमार वस्नेतले बताए ।
बैठकलाई पत्रकार महासघका सल्लाहकार शनतकुमार शर्मा ,गुफा व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुन, छत्रेश्वरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लिलाधर घर्ती लगाएतले सम्वोधन गरेका थिए । कपुरकोट कर्णाली प्रदेश भएपनि दाङ हुँदै सल्यान, रोल्पा, रुकुम जानको लागि प्रमुख प्रवेशद्धार हो ।