छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक २८ गते बुधवार