२०८१ असोज २४ गते बिहिवार

शाहीले दिइन महरा विरुद्ध उजुरी, ५ बर्षसम्म जेल सजाय हुन सक्ने

फाइल तस्बिर

काठमान्डौं, असोज १८ । निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध रोशनी शाहीले प्रहरीमा उजुरी दर्ता गराएकी छन्।आँफुमाथि महराले बलात्कारको प्रयास गरेको भन्दै उनले महरा विरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गरेकी थिइन । शाहीले उजुरीमा प्रतिवाद गर्दा महराले आफूमाथि हिंसा गरेको उल्लेख गरेकी छन् ।

त्यही उजुरीका आधारमा आइतबार अदालतको आदेश लिएर महरालाई पक्राउ गर्ने योजनामा प्रहरी रहेको हुन सक्ने अनुमान गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा शुक्रवार नै रोशनीको स्वास्थ्य परीक्षण गरिएको छ। असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेर हिंसा गरेको आरोप लागेपछि उनले पदवाट राजीनामा दिइसकेका छन् । घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, भाँचिएको महराको चस्माको खुट्टा र छुटेको जुत्ताको तलुवालगायत सामान फेला पारेर लगिसकेको छ ।  जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

महरालाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने संभावना
शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्ने संभावना रहेको कानुनका जानकारहरुले बताएका छन् । मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था रहेको छ ।

जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ। कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने अवस्था हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *