२०८१ साउन ५ गते शनिवार

तुलसीपुर ३ लाई तरुण कपको उपाधी


लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, असोज १६ । दाङ तुलसीपुर अरनिको मैदानमा संचालित दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ को उपाधि नेपाल तरुणदल तुलसीपुर ३ ले हात पारेको छ ।तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालित प्रतियोगिताको सशक्त एवं शानदार फाइनल खेलमा यु.एन.बि.सी.घोराही लाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै तरुणदल तुलसीपुर ३ ले उपाधी चुमेको हो ।

उपाधी संगै उसले नगद ६६ हजार ६ सय ६६, पुरस्कार तथा कप, हात पारेको छ । त्यस्तै फाईनलमा पराजय ब्यहोर्दै उपबिजेतामा चित्त बुझाउन बाध्य यु.एन.बि.सि.घोराही ले नगद ३३ हजार ३ सय ३३ र उपबिजेताको कप हात पार्‍यो। स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २० टिमको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल तरुणदल तुलसिपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष सुनिल बाबू डागी को अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापती कृति बहादुर खड्का को प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले मानव स्वास्थ्य को अभिन्न अङ्ग खेलकुद लाई देशको समृद्धि संग जोडेर लैजानु पर्ने बताए । खेलकुद बिकसित रास्ट्रका लागि आयआर्जनको दरिलो माध्यम बनिसकेकाले रास्ट्रको समृद्धिको लागि अब खेलकुदका क्षेत्रमा लगानी बढाउनु पर्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाल तरुणदल दाङका अध्यक्ष टीका घर्ती,तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितका सयोजक अमर नेपाली माईकल, तुलसिपुर उद्योग बाणिज्य सघका उपाध्यक्ष ललित जङ्ग शाह लगाएतकाले बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्यबाट ब्यक्तिगत बिधा तर्फ युनएनबिसीका अर्स महरा बेस्ट स्टाईकर,सक्सेसका टंक रेउले बेस्ट किप्पर, नेपाल तरुणदल तुलसिपुर ३ का बिनोद के.सि.बेस्ट प्लेयर खेलाडी, बेस्ट डिफेन्स तरुणदल तुलसिपुर ३ का कृष्ण क्षेत्री, तुलसिपुर ३ कै आशिष जिसि,बेस्ट मिडफिल्ड र हाई स्कोरर युएनबिसिका आकाश बुढा लाई घोषित गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *