२०८१ असोज २५ गते शुक्रवार

अब राँगोमा चढेर काठमान्डौं जान संभव छैन – मुख्य मन्त्री पोखरेल

लिलाधर वली,
दाङ, असोज १४ । मुख्यमन्त्री शंकर पोख्रेलले दाङ जिल्लाकको समृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको बिमानस्थल बनाउन आवश्यक रहेको बताएका छन । घोराही उपमहानगरपालिकाको दिर्घकालिन विकासका लागि सोच तथा रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले दाङको दिर्घकालिन विकास लागि अन्तर्राष्ट्रियस्तरको बिमानस्थल बनाउनै पर्ने बताएका हुन ।

टुईनेटर जहाज चलाएर दाङको समृद्धिको कल्पना गर्न नसकिने बताए । ‘दाङको समृद्धिका लागि अन्तराष्ट्रियस्तरको बिमानस्थल बनाउन आवश्यक छ,त्यसका लागि सवैले पहल गरौँ’,मख्यमन्त्री पोख्रेलले भने,‘टुईनेटर जहाजले जिल्लाको समृद्धि हुदैन, अन्तर्राष्टियस्तरको बिमानस्थल बनाउनुपर्छ ।’

मुख्यमन्त्री पोख्रेलले राँगोमा चढेर काठमान्डौं जान नसकिने भन्दै टुईनेटर जहाजलाई ब्यंग्य गरेका थिए । उनले घोराहीको समृद्धिका लागि कृषिलाई आधुनिकरणसगै पर्यटकिय क्षेत्रको समेत विकास हुन आवश्यक रहेको बताएका थिए । ‘कृषिका माध्यवाट समृद्धि हासिल गर्ने हो भने,कृषिमा यान्त्रीकरणसँगै बजारीकरण आवश्यक छ’,मुख्यमन्त्री पोख्रेलले भने,‘त्यसकालागि स्थानीय सरकारदेखि प्रदेश सरकारले किसानलाई सहयोग गर्न तयार छ ।’

त्यस्तै मुख्यमन्त्री पोख्रेलले घोराहीको विकासका लागि दिर्घकालिन सोच राखेर व्यवस्थीत शहरीकरणसँगै सडक सञ्जालको विकास गर्न समेत आग्रह गरेका थिए । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता लक्ष्मण आचार्य, नेपाली काग्रेस दाङका उपसभापति कमानसिं भारती, नागयरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाललगायतका बक्ताहरुले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रध्यापक अरुणकुमार शर्मा, प्रध्यापक नवराज सुवेदी र श्रीमण न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सस्कृतिविद शिवकुमार सुवेदीले टिप्पानी गरेका थिए । घोराही उपमहानगरपालिका उप–प्रमुख सिता न्यौपाने सिक्देलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण युवराज शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *