२०८२ जेष्ठ ११ गते शुक्रवार

सत्तारुढ दल र उच्च सरकारी अधिकारीले प्रतिष्ठानको कार्यक्रम बहिस्कार गरे


दाङ,असोज १३ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिक उत्सव कार्यक्रम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहिस्कार गरेको छ । सत्तारुढ दलका नेता कार्यकर्ताले मात्रै हैन प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजाल र जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले समेत प्रतिष्ठानको कार्यक्रम बहिस्कार गरेका छन् । कार्यक्रममा घोराहीस्थित रिपुमर्दन गणका गणपति र वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सशि शर्मा भने सहभागि भए ।

२०७५ साल असोज १२ गते सरकारले राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरेको हुँदा त्यही दिनलाई प्रतिष्ठानले जन्मउत्सब भन्दै बार्षिक उत्सव मनाएको हो । यद्यपी २०७४ साल असोज २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि संसदले ऐन पास गरेको थियो।

त्यही भएर असोज १२ गते प्रतिष्ठानले आफ्नो प्रथम बार्षिक उत्सव धुमधाम पूर्वक मनाउनका लागि झन्डै हप्ता दिन अगाडि नै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई पत्र मार्फत प्रमुख अतिथिको निम्तो दिएको थियो । उनले सुरुमा त्यो सहजै स्वीकार गरे । त्यही अनुसार प्रतिष्ठानले सबै अतिथिलाई पत्राचार ग¥यो । तर अन्तिम मेयर चौधरीले कार्यक्रममा आउन नसक्ने अवगत गराए । त्यसपछि प्रतिष्ठानले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई प्रमुख अतिथिको रुपमा निम्त्याउन खोज्यो । उनले पनि त्यो अस्विकार गरे । त्यसपछि जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीलाई प्रतिष्ठानले निम्त्याउन खोज्यो । तर उनले पनि कार्यक्रममा जान मानेनन् ।

सत्तारुढ दल र जिल्लाका उच्च सरकारी कर्मचारीले समेत प्रतिष्ठानको बार्षिक उत्सव कार्यक्रम बहिस्कार गर्ने पुगेको निश्चित गरेको हुँदा कार्यक्रम हुने दिन विहान सम्म पनि प्रमुख अतिथिको टुङ्गो लागि सकेको थिएन ।

स्वास्थ्य संस्थाको कार्यक्रममा यति विग्न राजनीति होला भन्ने सोच्ने विषयपनि होइन । त्यही भएर प्रतिष्ठानलाई प्रमुख अतिथि खोज्न सकस भयो । अन्तिमा प्रतिष्ठानले नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटालाई प्रमुख अतिथिको रुपमा निम्त्याएर बार्षिक उत्सव मनायो । संविधासभा सदस्य राजु खनाल,नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी, पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम लगाएतका नेपाली काँग्रेसका नेताहरु मात्रै कार्यक्रममा पुगे । त्यसैबखत प्रतिष्ठानले आधुनिक ल्याव र डेन्टल सेवाको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले त्यसको उद्घाटन गरिन । उपकुलपति डा. संगिता भण्डारीले अव ल्याव परिक्षणका लागि विरामी वाहीर जानुपर्ने बाध्यताको नरहने बताइन । नेकपा निकटका पत्रकारहरु समेत कार्यक्रममा गएनन् । उनीहरुले पनि त्यो बहिस्कार गरे ।

प्रतिष्ठानको प्रथम बार्षिक उत्सवमा पुगेका नेकपाको तर्फवाट एक जना व्यक्ति मात्रै थिए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिष्ठान भित्र गठित सर्वदलिय सर्वपक्षिय सरोकार समितिका संयोजक समेत रहेका नारायण भुसाल मात्रै पुगे । उनले प्रतिष्ठान भित्र राजनीति गर्नु गलत भएको मनतब्यका क्रममा बताए । सत्तारुढ दलवाटै प्रतिष्ठानको बार्षिक उत्सव बहिस्कार गर्नुलाई सही मान्न नसकिने उनले स्पष्ट पारे । नेकपाको सरकारले प्रतिष्ठानलाई आवश्यक बजेट नदिने अनि प्रतिष्ठानको विकाश भएन भनेर विरोध मात्रै गर्ने सैलीको विरोध जनाए ।

प्रमुख अतिथि राष्ट्रियसभाकी सदस्य अनिता देवकोटाले प्रतिष्ठान साझा सरोकारको विषय भएको भन्दै त्यसमा राजनीति गर्न खोज्नु गलत भएको बताइन । सबैको सहयोग र सहकार्यवाट मात्रै प्रतिष्ठानको विकाश हुने हुँदा केही समस्या भए छलफल र संवादमार्फत समाधान गर्न उनले सझुाइन । कार्यक्रमका अन्य बक्ताहरुले पनि त्यस्तै कुराहरुमा जोड दिए ।
विरोध हुनुको मुख्य कारण

प्रतिष्ठानमा उपकुलपति डा. संगिता भण्डारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरिएकी हुन । त्यसैले उनको नियुक्तिसँगै नेकपा विरोधमा उत्रिएको छ ।

हाल ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’का नाममा दिनहुँ जसो विरोध हुँदै आएको छ । उनीहरुको एक सुत्रिय माग भनेको उपकुलपतिको राजिनामा दिनुपर्छ भन्ने छ । अभियानको विरोधमा नेकपाले पुरै समर्थन जनाउँदै आएको छ । नेकपाको जिल्ला नेतृत्वले यसअघि नै विज्ञप्ति प्रकासित गर्दै आन्दोलनलाई समर्थन गरिसकेको छ । काँग्रेसको जिल्ला नेतृत्व ठिक त्यसको विपक्षमा उभिएको छ । काँग्रेसले आफ्नो सरकारका पालमा उपकुलपति नियुक्ति गरिएकै कारण राजनीतिक पूर्वाग्रह राखेर उनलाई हटाउन अनावश्यक राजनीतिक गरिएको बताउँदै आएकाो छ ।

प्रतिष्ठानको विकाशको लागि आवश्यक बजेट नछुट्याएको तर विरोध मात्रै गर्दै आएको भन्दै उपकुलपतिको पक्षमा काँग्रेस उभिएको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस उपकुलपतिको समर्थन तथा विरोधमा उभिएका कारण दिनानुदिन प्रतिष्ठान भित्र राजनीति धुर्विकरण बढ्दै गएको छ । अघिल्लो महिना मात्रै प्रतिष्ठान भित्रै गएर रेक्टर रामप्रशाद प्याकुरेल माथि नेकपाका जिम्मेवार कार्यकर्ताले हातपात गरेको भिडियो सार्वजनिक भएपछि त्यसको व्यापक विरोध र आलोचना भएको थियो । आक्रमणकारीलाई पक्राउ पूर्जी जारी गरेपछि एकाएक एसपी बेलबहादुर पाण्डेको सरुवा भएको थियो । रेक्टरलाई कार्यकक्षमै गएर दुरव्यबहार गर्ने व्यक्तिलाई भने प्रहरीले अझैं नियन्त्रणमा लिएको छैन ।

नेकपाको समर्थनमा उपकुलपतिको राजिनामाको मागगर्दै आन्दोलन हुँदै आएको कारणले स्थानीय सरकारका प्रमुख र नेकपाका नेता कार्यकर्ताले प्रतिष्ठानको बार्षिक उत्सव समेत बहिस्कार भएको हो ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *