टेकबहादुर पुन,
लमही, असोज ९ । ज्यान लिने उद्देश्यले चक्कु प्रहार गरि फरार रहेका एक अभियुक्त लागु औषध हित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी २३ बर्षीय सुरेन्द्र रोकालाई बिहीबार लमहीबाट प्रहरीले पक्राउ गरेको छ । रोकाले २०७४ साल चैतको १७ गते लमही ७ कमानपुर निवासी १९ बर्षीय सञ्तोष परियारलाई ज्यान लिने उद्देश्यले कप्तान गञ्जमा चक्कु प्रहार गरेर सक्त घाइते बनाएको प्रहरीले बताएको छ ।
पक्राउ परेका रोकाको साथबाट नाईट्राजिपाम नामक १२ चक्की लागु औषध फेला परेको वडा प्रहरी कार्यालय लमहीका पहरी नायव निरिक्षक पुरण मल्लले जानकारी दिए । यो नाईट्राजिपाम सेवन र बिक्रि गर्न नेपालमा प्रतिबन्ध छ ।
प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार