२०८२ असार २७ गते शनिवार

लामखुट्टेको वासस्थान नष्ट गर्न बिषादी छर्किदै


घोराही, ६ असोज ।
घोराही उपमहानगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगु, मलेरियालगायतका संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरेको हो ।

उपमहानगरको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि मार’ भन्ने अभियानअन्तर्गत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो । आइतबारदेखि उपमहानगरले लामखुट्टेको वासस्थान खोज्दै बिषादी छर्कने काम सुरु गरेको छ ।

पाँचजना व्यक्तिहरुले औषधी छर्कन सुरु गरेका हुन् । उपमहानगरको कार्यालयबाटै लामखुट्टे मार्ने अभियान सुरु गरिएको र नगरबासीहरुले माग गरेको ठाउँमा विषादी छर्कने स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

घरभित्र र बाहिर विषादी छर्कने गरी योजना बनेको उनको भनाई छ । करिब पाँच लाख रुपैयाँको विषादी उपमहानगरले ल्याएको छ । सचेतना अभियानसँगै विषादी छर्कने कार्यलाई पनि अगाडि बढाउने उपमहानगरले जनाएको छ ।

उपमहानगरभित्र २५ जना बढीमा डेंगुको संक्रमण देखिएको छ । जिल्लाभरी अहिलेसम्म एक सय चारजनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *