२०८२ मङ्सिर २२ गते सोमवार

पीएसजीले १ गोलले हरायो स्ट्रासबर्गलाइ

भदौ २९ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गमाथि जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलमा पीएसजीको तर्फबाट नेयमारले १ गरे जुन निर्णायक गोल बन्यो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले खेलको अन्तिम समयमा नेयमारले गोल गर्न सफल भए । खेलको ९०औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरी हुनबाट जोगाए । खेल अवधिभर आफ्नो पकडमा बल पोजिसन राखे पनि पीएसजीले एक गोल बाहेक थप गोल गर्न भने सकेन ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *