Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


कम्युनिष्ट सरकारका विरुद्ध लड्न पार्टीमा एकता आवश्यकः काँग्रेस सभापति देउवा



लिलाधर वली,
दाङ, २७ भदौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका विरुद्धमा लड्न पार्टीमा एकता आवश्यक रहेको बताएका छन । पार्टीमा एकता नहुदा कम्युनिष्टबाट आक्रमण भएको भन्दै उनले पाटी एकढिका भएर कम्युनिष्टका विरुद्ध लड्नुपर्ने बताए ।

‘नेपाली काग्रेस आपसमा नमिल्दा कम्युनिष्टबाट आक्रमण भएको छ’,पाटी सभापति देउवाले भने,‘कम्युनिष्टका विरुद्ध लड्न पार्टीमा एकता आवश्यक छ ।’ सभापति देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न समेत सरकारलाई आग्रह गरेका छन । उक्त घट्नाका दोषीलाई कारवार्ही नभए संसद चल्न नदिने देउवाले दाङबाट चेतावनी दिए । दाङको घोराहीमा आयोजना गरिएको बिश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै पार्टी सभापति कोइरालाले जागरणसभाको शान्तिपूर्ण कार्यक्रममा कम्युनिष्ट पार्टीबाट भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारवार्ही गर्न बर्तमान सरकारलाई आग्रह गरेका हुन ।

‘नेपाली काग्रेसले आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममा प्रवेश गरि आक्रमण गर्ने व्यक्तिहरुलाई सरकारले कावार्ही गर्नुपर्छ’,पार्टी सभापति कोइरालाले भने,‘कारवार्ही नगर्दासम्म पार्लामेन्ट सञ्चालन हुन दिदैनौ ।’ उनले बाँके पार्टी सभापति किरण कोइरालालगायतका नेता कार्यकर्ताहरुलाई आक्रमण गर्ने दोषीलाई कुनै पनि हालतमा सरकारले कारवार्ही गर्नुपर्ने समेत बताए । हिजोको घट्नाले कम्युनिष्ट सरकार एक दलिय अधिनायकबाद लाद्न खाजेको पुष्टि भएको समेत बताए ।

लोकतन्त्रमा हरेक पार्टीले आफ्ना कुराहरु शान्तिपुर्ण रुपमा जनता समक्ष राख्न पाउने अधिकार भएपनि बर्तमान कम्युनिष्ट पार्टी त्यसको विरुद्धमा लागेको बताए । लोकतन्त्र विरुद्ध लाग्ने कम्युनिष्ट सरकारका विरुद्धमा लड्न काग्रेसका विरुद्धमा एकता आवश्यक रहेको समेत उनले बताए । ‘काग्रेसमाथिको आक्रमण भनेको लोकतन्त्रमाथिको आक्रमण हो’,उनले भने,‘लोकतन्त्रमाथिको आक्रमण बचाउन काग्रेसका विचमा एकता आवश्यक छ ।’ पाटी एक ढिका नहुँदा आक्रमण भएको भन्दै उनले लोकतन्त्र र पार्टीलाई बचाउन पार्टीका नेतादेखि कार्यकर्ताहरु एक ठाउँमा आउनुपर्ने बताए ।

पार्टीलाई एकताको सुत्रमा बाध्नका लागि पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुले बिपीको विचारलाई आत्मसाथ गर्नुपर्ने समेत बताएका थिए । त्यस्तै उनले नेपाली राजनीतिक हरेक आन्दोलनमा दाङको महत्वपुर्ण भुमिका हुने गरेको बताएका थिए । पार्टी सभापति देउवाले नेपाली काग्रेस क्षेत्र नं. २ ले घोराही उपमहानगरपालिका वडा नं. १५ को बिपी चोकमा स्थापना गरेको वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal