
दाङ, भदौ २७ । नेपाली काँग्रेसले शुक्रवार बाँकेमा एक घन्टा चक्का जाम गरेको छ । नेपालगञ्जस्थित वीपी चोकमा शुत्रवार दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म काँग्रेसले चक्का जाम र पर्दशन गरेको हो ।
विहीवार दिउँसो खजुरा गाउँपालिका वडा नं. २ सितापुरमा आयोजित जागरण अभियानमा प्रवेश गरी नेकपाका कार्यकर्ताले अन्धाधुन्द आक्रमण गरेको विरोधमा शान्ति सुरक्षाको माग गर्दै काँग्रेसले उक्त पर्दशन गरेको हो ।
नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईराला पनि उक्त पर्दशनमा सामेल थिइन । आक्रमणबाट उनको बायाँ हात (फ्याक्चर) भएको छ् ।
शान्ति सुरक्षा प्रदान गर, अराजक गतिविधि नियन्त्रण गर भन्दै काँग्रेस कार्यकर्ताले प्रदर्शन गरेका हुन । पर्दशनको क्रममा बाटोमा टायर जलाइएको थियो । पर्दशन पछि अहिले ठूलो संख्यामा काँग्रेस कार्यकर्ता जिल्ला पार्टी कार्यालयमा पुगेका छन् । घाइते सभापति कोईरालाका छोरा एव काँग्रेस जिल्ला सदस्य सुधाम्सु कोईरालाले अबको केही बेरमै आक्रमण कारीको विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिने बताए ।