२०८३ जेष्ठ ३१ गते आइतवार

भाटद्धारा आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमान्डौं, भदौ १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारवाट नरेन्द्र भाटले आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छ्न ।

एनआरएन विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठन हो । विश्वका ८० वटा देशहरुमा एनआरएनको संगठन छ । ‘नेपालका लागि नेपाली’ भन्ने नाराका साथ सन २००३ मा बेलायतबाट यसको सुरुवात भएको हो ।

उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भाट सन २००२ बाट कतारमा बस्दै आएका छन् । एनआरएनए कतारको महासचवि पदमा रहेर भाटले सन २००७ – २००९ सम्म जिम्मेवारी निर्वाह गरेका थिए । भाट सन २००९– ०११ अध्यक्ष चुनिएका थिए । त्यसैगरी भाट २०११–०१३ सम्म संयोजकको रुपमा एनआरएनएमा रहेर जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन ।

त्यस्तै उनी सन २०१३ –०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार बने । सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउन भूमिका खेले । उनी २०१५– ०१७ का लागि आईसीसी उपाध्यक्ष र संगठनको सल्लाहकार पदमा रहेर काम गरे ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *