
शरद रेग्मी,
तुलसिपुर,भदौ १५ । तुलसीपुर क्षेत्रका उद्योग व्यवसायीहरुले स्थानीय सरकारले चर्कौ व्यवसायिक कर लगाएको भन्दै विरोध गरेका छन् । आइतवार भएको बाणिज्य संघको बैठकका सहभागिहरुले तुलसिपुर उपमहानगरपालिकाले हरेक क्षेत्रमा अत्यधिक चर्काे ब्यबसायिक कर लगाएको भन्दै तत्काल बाणिज्य संघले पहलकदमी लिनुपर्ने राय राखेका छन् । घोराही उपमहानगरपालिकाहरुको तुलनामा धेरै बढी ब्यबसायिक कर तुलसीपुरले लगाएको भन्दै अधिकाँस व्यवसायीले विरोध जनाएका छन् ।
चर्कौ करले साना ब्यबसायिहरु मर्कामा परेको हुँदा त्यसका लागि पहल गर्न व्यवसायीले संघका पदाधिकारीले आग्रह गरे । फरक प्रशंगमा व्यवसायीहरुले राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा राजनीति नगर्न सबैमा अनुरोध गरेका छन् । यस क्षेत्रका जनताहरुको स्वास्थ सेवा र भबिस्य संग जोडिएको प्रतिष्ठानलाई विभिन्न बहानामा अबरोध सृजना गर्दा जिल्लाको विकाश प्रभावित हुने उनको भनाई छ । संघका अध्यक्ष अध्यक्ष बिरबहादुर रावतले विभिन्न राजनीतिक दलहरुको आडमा प्रतिष्ठानको बिकाश हुन नदिने षडेन्त्र चिर्ण सबै जिल्ला बासी लाग्नु पर्ने बताए ।
प्रतिष्ठान जिल्लाको विकाशको लागि एउटा महत्वपूर्ण संस्था भएको भन्दै छिटोभन्दा छिटो प्रतिष्ठानमा उत्पन्न समस्या समाधान गरि त्यसको विकाशमा लाग्नुपर्ने उनले बताए । कार्यक्रममा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, यसअघिका अध्यक्ष बिमल रिजाल,सल्लाहकारहरु सुरेश हमाल, नारायणप्रसाद खनाल, ,लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसी,रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देबबहादुर केसी लगायतकाले धारणा राखेका थिए ।