२०८२ मङ्सिर २७ गते शनिवार

राजमोले भन्यो – प्रतिष्ठान भएको हर्कत निन्दनिय


दाङ,भदौ १२ । राष्ट्रिय जनमोर्चा दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराही दाङमा बुधवार भएको घटनाको निन्दा गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले विहीवार प्रेस बिज्ञप्तिमा जारी गर्दै प्रतिष्ठानमा भएको अराजकताको घटनाले लज्जित तुल्याएको उल्लेख गरेका छन् ।

दुई तिहाई बहुमतको नेकपाको सरकारले प्रतिष्ठानको विकाशमा केही गर्नुपर्नेमा उल्टै आन्दोलन चर्काउनु गलत भएको आचार्यले उल्लेख गरेका छन् । आगामी दिनमा यस्ता घटना दोहरीन नदिन सरकारसंग मागपनि गरिएको छ । साथै उनले विज्ञप्तिमा प्रतिस्ठानको कामको प्रभाबकारिता र जनताको सेबा सुबिधाको लागि गम्भीर बन्न सम्बन्धीत सबैसित अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *