
दाङ,भदौ १२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडि विहीवार विद्यार्थीले पनि प्रदर्शन गरेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानको नेतृत्वमा विद्यार्थीलाई समेत आन्दोलनमा सहभागि बनाएर प्रदर्शन गरिएको छ । उक्त कुरा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भूपेन्द्र वलीले जानकारी दिएका छन् ।
साथै उनले प्रतिष्ठानको खस्किदो स्वास्थ्य सेवा, बढदो भ्रष्टाचार, सबै खालका अनियमितताका विरुद्ध राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान आन्दोलनरत रहेको उल्लेख गरेका छन् ।
अभियानका संयोजक विकिरण गौतमको नामवाट जारी विज्ञप्तिमा उल्लेखित सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारी नै भएको जिकिर पनि गरिएको छ । जसले आन्दोलनप्रति दिनानुदिन अपेक्षा गरेभन्दा पनि तीव्र गतिमा जनसमर्थन पाइरहेको तथा जिल्लामा क्रियाशिल नागरिक अगुवा संस्थाहरु नागरिक समाज, प्रतिष्ठान सरोकार समिति, नेपाल पत्रकार महासंघ,मानवअधिकार सञ्जाल दाङ, थारु कल्याणकारिणी सभा दाङ लगायतका संगठनले आन्दोलनप्रति समर्थन जनाएको दाबी गरिएको छ ।

तस्विर – नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीको फेसवुकवाट ।
