२०८३ जेष्ठ ३१ गते आइतवार

‘पत्रकार महासंघ मध्यस्तकर्ताको भूमिकामा रहनुपर्छ’ – नेपाल प्रेस यूनियन

दाङ, भदौ १२ । नेपाल प्रेस यूनियन दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनका बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यूयिनका जिल्ला अध्यक्ष सन्तोष सुवेदी र सचिव आरके सितलले विहीवार एक संयुक्त विज्ञप्ति प्रकासित गर्दै आन्दोलनका कार्यक्रमहरुमा पत्रकार आँफै आन्दोलनकारीका रुपमा उपस्थित हुने, ताला लगाउने, नारावाजी गर्ने जस्ता गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

त्यस्ता कार्यले समाजिक सञ्जालहरुमा पत्रकारका प्रति भइरहेका प्रतिक्रियाले राम्रो सन्देश नगएको हुँदा महासंघ जस्तो बलियो संस्थाले सामाजिक मुद्दाहरुमा बहस र आवश्यक समन्वय मार्फत समस्या समाधान गर्नुपर्ने प्रेस यूनियनले सुझाएको छ । यद्यपी यूनियनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानका जायज मागहरु प्रति भने समर्थन रहने स्पष्ट पारेको छ । यूनियले प्रत्रकार महासंघ विगतदेखि नै समस्या समाधान गर्ने मध्यस्तकर्ताको रुपमा रहेको एउटा बलियो संस्था भएको स्मरण गराउँदै त्यो इतिहास र पहिचान कायम राख्न आग्रह पनि गरेको छ ।

जिल्ला बासीको गौरवको रुपमा रहेको प्रतिष्ठानको प्रभावकारिता आवश्यक समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गर्दै त्यस विपरित अहिलेको आन्दोलन उग्र बन्दै गर्दा महासंघबाट फेरि पनि त्यस्तै मध्यस्तकर्ताको भूमिका अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘हामी नेपाल पत्रकार महासंघको जिल्ला नेतृत्वलाई पत्रकार प्रतिको सामाजिक विश्वास अझ वृद्धि हुनेगरी मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नका लागि विनम्रताका साथ आग्रह गर्दछौ । महासंघले लिने त्यस्तो पहलकदमी सफल हुने विश्वास हाम्रो छ । त्यस्तो पहलकदमीमा प्रेस युनियनको साथ समेत रहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

जिल्लाबासीको लागि गौरवको विषय जस्तै रहेको प्रतिष्ठालाई स्वास्थ्य क्षेत्रको हव बनाउने दङ्गालीको चाहनालाई मुर्तरुप दिन प्रभावकारी उपस्थिति आवश्यक रहेको उल्लेख गरिएको छ । त्यसका लागि प्रतिष्ठानका लागि आवश्यक ऐन कानुनहरुको निर्माणमा ध्यान केन्द्रित गर्न , पर्याप्त बजेट विनियोजन गर्न, प्रतिष्ठानको नेतृत्वबाट समन्वयकारी भूमिका निर्वाहमा देखिएको कमजोरीले सच्याउन आवश्यक रहेको प्रेस यूनियनले सझाएको छ ।

प्रतिष्ठानलाई सवल, सक्षम र प्रभावकारी बनाउनका लागि आवश्यक ऐन कानुनहरु निर्माण, गुरुयोजना अनुसार काम गर्नका लागि बजेट विनियोजन, आवश्यक जमिनको पहिचान गरी प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउन तर्फ सबै सरोकारवालाहरु आपसी समन्वयका साथ अगाडि बढ्न आवश्यक रहेको न्यूनियनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *