२०८३ जेष्ठ ३१ गते आइतवार

तुलसीपुरमा रविका समर्थकको प्रर्दशन (हेर्नुहोस भिडियोमा)

यमकला भुसाल,
तुलसीपुर, भदौ ९ । तुलसीपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा चर्काे नारावाजी भएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका सर्मथकहरुले ‘रवि लामिछाने जिन्दावाद’ र ‘केपी ओली मुर्दावाद’ भन्ने नारा लगाउँदै तुलसीपुरमा प्रर्दशन गरेका छन ।

झन्डै ५० को हाराहारीमा भेला भएका तुलसीपुर क्षेत्रका व्यवसायी,अधिकारकर्मी, केही राजनीतिक दलका नेताहरुले त्यस्ता नारावाजी गरेका हुन । लामिछानेको रिहाईको माग गर्दे प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुले निर्दोष रविलाई रिहा गर,निष्पक्ष छानविन गर, दोषीलाई कारवाही गर,रवि लामिछाने जिन्दवाद, केपी ओली मुर्दावाद,हत्यालाई आत्महत्या भन्न पाइदैन भन्ने जस्ता नारा लगाएर बजारको परिकर्मा गरेका हुन ।

तुलसीपुरको विपि चोकबाट सुरु भएको ¥याली जेसिस चोक,विरेन्द्र चोक हुदै वीपी चोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमको अध्यक्षता गरेको वीपी काँग्रेस दाङका अध्यक्ष दीपक धितालले सरकारमा बसेकाहरुले आफ्ना कर्तुतहरु ढाकछोप गर्न रवि लामिछानेलाई फसाउन षडेन्त्र गरेको जिकिर गरे ।

साथै उनले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने र निर्दोष लामिछानेलाई रिहाई गर्न माग समेत गरे । लामिछानेलाई रिहाई नगरे चरणवद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी समेत दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै साझा पार्टी दाङका संयोजक मधुसुदन केसीले सालिकराम पुडासैनीलाई काठमान्डौं वाट सबैभन्दा सुरक्षित ठाउँ खोज्दै चितवनको होटेलमा ल्याएर हत्या गरिएको जिकिर गरे । पत्रकार पुडासैनी काठमान्डौं बाट चितवन आउँदा क्यामेरा समेत नल्याएर आउनु, आँफुले काम गर्ने संस्था, घर परिवार कसैलाई खवर नगर्नुले त्यो आत्महत्या नभइ षडेन्त्र पूर्वक हत्या गरि रिवलाई फसाउने खेल राज्यले गरेको दोषारोपन गरे । संयोजक केसीले भने ‘पुडासैनीको खुट्टा लगाएत शरिरका विभिन्न भागमा भएका निलडाम र खतहरुले त्यो हत्या नै भन्ने पुष्टि गर्छ । त्यो आत्महत्या हुँदै होइन।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रजातान्त्रिक उद्योग वाणिज्य सघं तुलसीपुरका अध्यक्ष जनकप्रसाद खरालले रवि लामिछानेलाई षडेन्त्र पूर्वक फसाउन खोजिएको भन्दै त्यसको विरोधमा सबै उत्रनु पर्ने बताए । निमुखा जनताहरुको सहयोग गर्ने रवि लामिछाने कुनैपनि हालतमा दोषी हुन नसक्ने जिकिर गरेका खरेलले रविलाई जवरजस्ती फसाउन खोजिएको बताए । पत्रकार, वकिल, कलाकार राष्ट्रका गहना भएको हुँदा उनीहरुलाई राज्य आँफैले फसाउन खोज्नु दुभाग्र्यपूर्ण हुने खरालले बताए । खरालले प्रश्न गरे ‘१७ हजारको हत्या काण्डमा सरिक प्रचण्ड जस्ताको सरकारले कसरी निष्पक्ष छानविन गर्न सक्छ।’

महिला अधिकारकर्मी देवा बस्नेतले हजारौं मान्छेको हत्या गर्ने प्रचण्ड र गरिव जनतालाई चर्कौ कर लगाएर आँफु विदेशमा उपचारका लागि जाने प्रधानमन्त्री केपी शर्मा ओलीहरु भन्दा रवि लामिछाने जस्ता व्यक्तिहरु कयौं गुना असल भएको दाबी गरिन । उनले रवि लामिछाने जस्ता व्यक्तिहरुलाई फसाउने पडेन्त्र गरे प्रचण्डलाई १७ हजार जनताको हत्याको स्राप लाग्ने दाबी गरिन ।

धर्मराज वलीले रवि लामिछानेले भ्रष्टहरुको भण्डाफोर गर्दै गएको हुँदा षडेन्त्र पूर्वक उनलाई फसाउने षडेन्त्र गरेको जिकिर गरे ।

त्यस्तै विनोद न्यौंपानेले शालिकराम पुडासैनीको षडेन्त्र पूर्वक हत्या गरेर रवि लामिछानेलाई फसाउन सरकारका जिम्मेवार व्यक्ति नै लागि परेको दाबी गरे । उनीहरु सबैले अन्याय र अत्याचार विरुद्ध सचेत नागरिकले एक जुट भएर संघर्ष नगरे भविस्यमा अरु पत्रकारलाई पनि राज्यले फसाउन सक्ने भन्ने चिन्ता जाहेर गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *