
दाङ, भदौ ८ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत नौं जना मेडिकल अफिसरको करार सेवा आइतवारदेखि भंग गरिएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले प्रतिष्ठानको नियम अनुसारन नचल्ने नौं जना मेडिकल अफिसरहरुको करार सेवा भंग गरिएको जानकारी दिइन ।
गत विहीवार आफूहरुमाथि दमन भएको भन्दै राजीनामा दिएका मेडिकल अफिसरहरुले राजिनामा दिएका थिए । डा. मनोज यादवले प्रष्ठिानमा आएका विरामीलाई बाहिर पठाउने र त्यहाँवाट कमिसन लिने जस्ता कुराहरु गर्दै आएको हुँदा उनीहरुलाई हटाउनु परेको उपकुलपति भण्डारीले बताइन ।
उपकुलपति भण्डारीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै सामुहिक राजिनामा दिएका मध्य सरकारी डाक्टरहरुलाई आँफुले काममा फर्कन आग्रह गर्दै आएको कुरापनि भण्डारीले जानकारी दिइन । यसैबीच १३ जना सरकारी डाक्टरलाई स्वास्थ्य मन्त्रायमा आइतवार नै फिर्ता पठाएको प्रतिष्ठानका रेक्टर डाक्टर बिश्वनाथ यादवले जानकारी दिए ।
तर यसवारेमा त्यो आफ्नो क्षेत्राधिकार भित्र नपर्न हुँदा त्यसमा मन्त्रालयले नै निर्णय गर्न सक्ने बताइन । उपकुलपति भण्डारीले डा. अनिल यादव बाहेक डिन, रेक्टरलगाएत तीन जना काममा फर्कि सकेको जानकारी दिइन । उपकुलपति भण्डारीले कसैको घुर्की र अनावश्यक दबावमा आँफु नपर्ने भन्दै प्रतिष्ठानको नियममा नबस्नेलाई राख्न नसकिने बताइन । उनीहरुले प्रतिष्ठानमा कम र बाहिर धेरै समय विताउन थालेकोे हुँदा काममा लगाउन नसकिने जानकारी दिइन ।
चिकित्सकहरुले सामुहिक राजिनामा दिनपछि प्रतिष्ठानको सेवा प्रवाहमा समस्या भएको छ । आइतवार ओपीडी सेवा प्रभावित भएको थियो । नाक कान घाँटीको उपचार कक्षमा उपकूलपति डा. संगीता भण्डारी आँफै उपचारको लागि गरेकी थिइन । उनलाई डा. बशन्त लामिछानेले सहयोग गरिरहेको देखिन्थ्यो ।
प्रतिष्ठान बचाऔं अभियानले माग्यो भण्डारीको राजिनामा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा फस्दै गएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान गठन गरिएको छ ।सर्वपक्षीय भेलाले विकिरण गौतमको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान गठन गरेको छ । गौतम नेकपाका नेता हुन ।
प्रतिष्ठान बचाउ अभियानका संयोजक गौतमले आइतवार मात्रै विज्ञप्ति प्रकासित गरि उपकुलपति भण्डारीको राजिनामा माग गरेका छन् । ज्ञापन पत्रमा २४ घन्टा भित्रै राजिनामा नदिए थप विरोधका कार्यक्रम गर्ने चेतावनी दिइएको छ।
नागरिक समाज दाङले पनि प्रतिष्ठान बचाउन अभियानको मागप्रति एैक्यवद्धता जाहेर गरेको छ । समाजकी जिल्ला सचिव लक्ष्मी आचार्यले आइतवार एक विज्ञप्ति प्रकासित गर्दै प्रतिष्ठानको सेवा सुचारु गराउन माग गरेकी छन् ।