२०८२ मङ्सिर २४ गते बुधवार

प्रतिष्ठानलाई दुहुनो गाई बनाउन खोज्नेले राजनीति गर्ने खोजे – उपकुलपति भण्डारी


दाङ, भदौ ६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले भने समाजिक सञ्जालामा सार्वजनिक भएको सामुहिक राजिनामाको कुरामा विश्वास नगर्न आग्रह गरेकी छन् । डिनसहित २५ जना चिकित्सकले राजिनामा दिएको कुरा बारे प्रतिक्रिया माग्दा उनले त्यसलाई प्रतिष्ठान विरुद्धको षडेन्त्रको रुपमा अथ्र्याइन ।

‘एउटा छलफलमा सहभागि भएका चिकित्सकहरुको हस्ताक्षरलाई गलत तरिकाले दुरुपयोग गरिएको भण्डारीले जिकिर गरिन । रिन । ‘मैले मेरो डिनलाई सोधे, उहाँले राजिनामा दिएको भन्ने कुरा गलत हो । गलत प्रयोजनको लागि दुरुपयोग गरियो भन्नु भएको छ,’ उपकुलपति भण्डारीले भनिन् ‘सामाजिक सञ्जालमा गलत अफवाफ फैलाउने चिकित्कस चिनिसकेका छौं । उनलाई कारवाहीका लागि सिफारिस गर्छौं।’
राजनीतिक प्रतिसोध साखेर एकाध चिकित्सकले सामाजिक सञ्जालमा राजिनामाको कुरा उछालेको भन्दै उनले असन्तुष्टि पोखिन । प्रतिष्ठानको हन्ड्रेड प्रतिसत तलव भत्ता खाने नजिकका अस्पतालमा गएर उपाचा गर्ने, प्रतिष्ठानका उपकरण विगार्ने, ल्याव विगार्ने अनि बाहिरका मेडिकलमा विरामी रेफरका लागि प्रेसर दिने र बेलुका ५ हजार रकम बुझ्ने खराव चिकित्सकलाई आँफुले त्यसो नगर्न चेतावनी दिएपछि उनीहरुले नै सामुहिक राजिनामाको हल्ला फैलाएको उपकुलपति भण्डारीको दाबी छ ।

‘यो सबै प्रतिष्ठानलाई दुहुनो गाई बनाउने केही खराव चिकित्सकेको हर्कत हो । हामी प्रतिष्ठानमा त्यसो हुन दिदैनौं । त्यस्ता खराव चिकित्सकालाई हामी राख्दैनौं र कारावहीका लागि केन्द्रमा सिफारिस गर्छौं,’ उपकुलपति भण्डारीले भनिन् । उनले राजिनामा गरेका भनेका डिन लगाएका सबैले आजपनि ओपिडी लगाएका सबै सेवा सूचारु गर्ने बताएको हुँदा कसैको भ्रममा नपर्न आग्रह पनि गरिन । आफुले एमविएस कक्षा सञ्चालनको लागि २ स्थानमा जग्गा खोजेर स्वीकृतिको केन्द्रमा सिफारिस गरेको बताएकी उपकुलपति भण्डारीले ३ सय बेडको अस्पताल नभए सम्म एमविएस सञ्चालन गर्न कठिन हुने धारणाख राखिन ।

‘पहिला अस्पताल तयार भएपछि प्रतिष्ठान ल्याउनु पर्ने थियो । तर यहाँ त पहिला प्रतिष्ठान ल्याएर बल्ला जग्गा खोज्नु पर्ने अवस्था आएको छ,’ भण्डारीले भनिन् ‘कसैले राजनीति गर्नकै लागि हचुवाको भरमा प्रतिष्ठानको ऐन ल्याउँदा नाम मात्रैको प्रतिष्ठान बन्न पुगेको साँचो हो।’ उनले यसपालिपनि जम्मा २ करोड १० लाख मात्रै बजेट परेको भन्दै त्यसले केही गर्न नपुग्ने बताइन । आवश्यक कुनैपनि उपकरण नभएको हुँदा प्रतिष्ठान रेफरल सेन्टर जस्तै बन्न पुगेको उनले बताइन ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *