
दाङ, भदौ १ । राप्ती बबई क्याम्पस सञ्चालक समितिको आयोजनामा क्याम्पसको सभाहलमा चियापान कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले राप्ती बबई क्याम्पसलाई परम्परागत शिक्षा भन्दा पनि बिद्यार्थीलाई सीप मुलक शिक्षा दिने थलोको रुपमा विकाश गर्न जरुरी रहेको बताए ।
क्याम्पसको भौतिक बिकाश गर्न आफुले केन्द्र सरकार संग पहल गर्ने आश्वासन उनले बाँडे । कार्यक्रमका विशिष्ट अथिति घनश्याम पाण्डेले क्याम्पसमा शिक्षक र सञ्चालक समितिका बीचमा छताछुल्ल हुने गरि बिवाद गर्दा बिद्यार्थीलाई पढाइमा प्रत्येक्ष असर पुग्ने हुदा क्याम्पसमा कुनै बिवाद सिर्जना नगर्न आग्रह गरे ।
क्याम्पसको शैक्षिक सुधारका बारेमा प्राध्यापक युवराज रावतले अबगत गराएका थिए भने क्याम्पसको अन्य गतिविधिका बारेमा सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीले प्रकाश पारेका थिए । सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालक समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्य बाट सुरुको भएको थियो ।
