२०८२ असार ९ गते मङ्गलवार

राप्ती नदीमा बगे ८२ बर्षीय बृद्ध , खोजी जारी

दाङ, भदौ १ । राप्ती नदीमा बग्न पुग्दा एकजना ८२ बर्षीय बृद्ध बेपत्ता भएका छन् । लमही नगरपालिका वडा नं. ९ तरुले निवासी ८२ बर्षीय झुपलाल नेपाली राप्ती नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले शनिवार दिउँसो २ बजेतिर नेपाली राप्ती नदीमा खस्न पुग्दा बेपत्ता भएको बताए ।

छिमेकी गाउँ कोलतारावाट आफ्नो घर तरुले तर्फ आउने क्रममा नेपाली राप्ती नदीमा खसेका थिए । बेपत्ता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *