२०८० चैत्र १६ गते शुक्रवार

सल्यानमा धर्मप्रचार गर्न गएका दाङका ३ सहित ४ जना पक्राउ

दाङ, साउन ३१ । धर्म परिवर्तन र प्रचारप्रशार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । क्रिश्चियन धर्म परिवर्तन र प्रचारप्रशार गरेको भन्दै दाङका तीन जना रोल्पाका एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

क्रिश्चियन धर्म प्रचारको लागि दाङवाट सल्यान गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दुधेना निवासी २० बर्षीय तुलबहादुर परियार, तुलसीपुर वडा नं. ६ निवासी २१ बर्षीया रुपा सुनाम, घोराही उपमहानगरपालिका वडा नं. १५ रामजानकी टोल निवासी २९ बर्षीया चन्द्रकली रावत र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ६ झिङग्सिल निवासी ३० बर्षीया भिमकुमारी विकलाई पक्राउ गरिएको सल्यान प्रहरीले बताएको छ । प्रहरीले पक्राउ गरिएकाहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *