Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


विद्यालय समयमा शिक्षक भेट्दिन : नगरप्रमुख पाण्डे



तुलसीपुर, साउन २८ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय समयमा विभिन्न काम लिएर आउने शिक्षकलाई भेट नदिने वताएका छन् । उनले काजको वहानामा कतिपय शिक्षकहरु स्कुलको समयमा पनि स्कुलमा नवस्ने भएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि आफुले यस्तो कदम उठाउनु परेको वताए । “विशेष काम वाहेक शिक्षकलाई १० देखि ५ सम्म भेट्दिन ” नगरप्रमुख पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको अवस्था सुधारका लागि शिक्षक मुल्यांकन प्रक्रिया अगाडी वढाउने भएको छ । उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकहरुसँग कामको करार सम्झौता गर्ने भएका हुन् । “कामको लक्ष्य निर्धारण नगर्दा पनि उपलब्धि सही ढँगले आउन सकिरहेको छैन अव यस्तो हुने छैन” नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले कार्यसम्पादन मुल्यांकन वनाएर त्यसको निरन्तर अनुगमन समेत गरिने कुरामा जोड दिए । “काम गर्ने जाँगर नहुनेलाई तलव पकाउनका लागि मात्रै शिक्षक वन्ने अधिकार छैन” उनले जोड दिए ।

तुलसीपुर उपमहानगरपालिकाका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गर्दै नगरप्रमुख पाण्डेले शिक्षा क्षेत्रमा अहिले पनि केही कानुनी जटिलता भएको भन्दै शिक्षा सुधारको सबै जिम्मेवारी स्थानीय तहमै हुने उनको भनाई थियो । पछिल्लो समय सामुदायिक विद्यालयमा केही परिवर्तन आएको भएपनि लगानीका हिसावले आशातित परिवर्तन आउन नसकेको उनको भनाई थियो । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान दिएको भएपनि काम सही ढँगले अगाडि वढ्न नसकेको उनको भनाई थियो । “एसइइमा राम्रो नतिजा ल्याउँदैनन् अनि कसरी प्राविधिक विषय पढ्ने ?” उनको प्रश्न थियो । विद्यार्थीलाई सिकाउँने, विद्यालयमा टिकाउँने र विकाउँने वनाउनका लागि विद्यालयले ध्यान दिनुपर्ने उनको भनाई थियो । विद्यार्थी पास गराएर मात्रै शिक्षाको गुणस्तर सुधार हुन नसक्ने वताउँदै पाण्डेले राम्रा विषय पढ्नका लागि योग्य समेत हुनुपर्ने कुरामा जोड दिए ।

प्रधानाध्यापकको हातमा विद्यालयको भविष्य हुने भएकाले विशेष गरेर प्रधानाध्यापकहरु यसतर्फ केन्द्रीत हुनुपर्ने नगरप्रमुख पाण्डेको भनाई रहेको थियो । उनले राम्रो गर्छु भन्ने प्रधानाध्यापकलाई सम्मान र राम्रो गर्न नसक्नेलाई विदाइ दिने गरी उपमहानगरपालिकाले योजना वनाएको उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिमा गैर अभिभावकहरु रहेको वताउँदै नगरप्रमुख पाण्डेले तत्काल सुधारका लागि अगाडि वढ्न आग्रह समेत गरे । धेरै प्रधानाध्यापकहरु काजका नाममा धेरै जसो विद्यालय वाहिर रहेको गुनासो आएको भन्दै उनले अनिवार्य काज लिनुपर्ने शिक्षा समितिको स्वीकृती हुनुपर्ने कुरामा जोड दिए । “विदाको समय वाहेक अन्य समयमा भेट्न आउने शिक्षकलाई मैले भेट पनि दिदैन” उनले वताए ।

कार्यक्रममा वोल्दै शिक्षा समिति संयोजक देवराज विकले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको वताउँदै शिक्षा सुधारका लागि प्रधानाध्यापकको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । पाठ्यभार अनुसार विद्यालयमा पढाइ नभएको वताउँदै उनले शिक्षक दायित्वबाट पन्छिन नहुने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal