दाङ।
दाङ प्रहरीले गरेको तीन वटा जुवा कारवाहीमा तीन दिनमा ४४ जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथ बाट ३ लाख ३६ हजार बढी रकम बरामद भएको प्रहरी जानकारी दिएको छ । शनिवार विहान मात्रै पश्चिम दाङका दुईवटा जुवा अड्डामा कारावही गर्दा प्रहरीले २ लाख ७६ हजार रुपैंयासहित ३९ जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगिशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित विरबहादुर शाहको घरमा छापा हान्दा ३९ जुवाडेसहित २ लाख ७६ हजार बढी रकम बरामद भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले जानकारी दिए ।
निमित्त जिल्ला प्रहरी प्रमुख समेत रहेका घर्तीले टरिगाउँस्थित चौधरीको घरमा आइतवार विहान २ बजेतिर छापा हान्दा १५ जना जुवाडे र ८७ हजार ३ सय बरामद भएको र दंगिशरण २ को सरुवा डाँडास्थित शाहको घरमा छापा हान्दा २४ जना जुवाडेका साथ बाट १ लाख ८९ हजार नगद बरामद भएको फरक कोणलाई जानकारी दिए । शाहको घरवाट ४८ थान कौडा र चौधरीको घर वाट १०४ थान ताल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पनि पश्चिम दाङको बवई गाउँपालिका वडा नं. ४ हापुरेवाट कौडा खेलिरहेको अवस्थामा नगद ६० हजार सहित ५ जना जुवाडे प्रक्राउ परेको प्रहरीले जानकारी दिएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुधवार राति हापुरेस्थित भूपबहादुर बुढाथोकीको घर भाडामा लिएर बस्दै आएका वालिराम खत्रीले उक्त जुवा अड्डा चलाएको भन्ने सूचनाको आधारमा छापा मात्रा ६० हजार बढी नगदसहित ५ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई जुवा ऐन सम्वन्धी मुद्दा चलाएर कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।