२०८१ बैशाख ७ गते शुक्रवार

ठूला मिडिया हाउसबाट श्रमजिबी आन्दोलन शुरु हुन्छ –अध्यक्ष आचार्य


शरद रेग्मी,
दाङ, साउन २७ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिबी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसवाट आन्दोलन गर्ने बताएका छन् । सोमवार रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले श्रमजिबी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने बताएका हुन । श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउन मिडिया हाउस वन्द भएपनि आन्दोलन नरोकिनउनले जिकिर गरे ।

कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेशविष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको बताए ।
सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरी ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उनले स्पष्ट पारे । महासंघ अहिले महासंघ भावि रणनीति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत उनले बताए । विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गरे ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *