Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


पर्वको नाममा पशुवध गलत हो – पूर्वसांसद अनारकली मिया

मुुस्लिम समुदायमा बकर इदको हर्षोउल्लास


मुस्लिमहरुको माहान पर्व बकर इदको दिन तुलसीपुरस्थित ‘ङ’ लाईनमा रहेको एक मस्जिदको गेटमै भिख माग्न बसेका दिदी र भाई ।

दाङ, साउन २७ । इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईद हर्षौउल्लास पूर्वक मनाइ रहेका छन् । तीन दिनसम्म यो पर्व मनाउने गरिन्छ । सोमवार विहान मस्जिदमा गएर पुरुषहरुले नमाज पढेका छन् । पूर्व सांसद अनारकली मियाका अनुसार तुलसीपुर क्षेत्रमा व्यवस्थित मस्जित नभएका कारण महिला भने नमाज पढ्न जाने गरेका छैन्न । काठमान्डौं र बुटवलमा महिलापनि मस्जिदमा नमाजका लागि जाने गरेको उनले बताइन ।

नेकपाकी नेतृ समेत रहेकी मियाले बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने पर्वको रुपमा अथ्र्याइन । मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको उनले बताइन । ‘गरिविकै कारण कोहीपनि पर्व मनाउन बाट बञ्चित हुनु नपरोस भन्ने मान्नेता छ,’ मियाले भन्नि ‘ त्यो मलाई सबै भन्दा महत्वपूर्ण लाग्छ।’

इदका दिन धर्म गुरु घर घरमा पुगेर खसी कुरवानी गर्छन । धनिहरुले घर घरमै खसी कुरवानी (काटेपछि) गर्छन । तर त्यसरी काटेको खसी मध्य अनिवार्य रुपमा एक भाग गरिवका लागि छुट्याउनु पर्ने नियम मुस्लिम समुदायमा छ । त्यस मध्य एक भाग घर परिवार, एक भाग पाहुनाका लागि छुट्याउनै पर्छ । तर पूर्व सांसद मियाका शब्दमा उनलाई यसरी पुशको कुरवानी (बध) भने मन नपर्ने बताइन । मानिसले आफ्नो खुुसी मनाउन पर्वहरुमा पशुहरुको बध गर्नु सही मान्न नहुने उनको विचार छ ।

मस्लिम समुदायमा ७ तोला भन्दा बढी सुन भएका व्यक्तिहरले गरिवका लागि अनिवार्य रुपमा जगाद (कर) तिर्नुपर्ने नियम पनि छ । त्यो कर ढाई प्रतिसत निर्धारण गरिएको पूर्व सांसद मियाले बताइन ।

हरेक धर्मका भएका सकारात्मक कार्यहरुको सिको हुन आवश्यक छ । यस्ताखाले सेवाभावका कार्यहरु सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेमा कसैको दुईमत नहुने मियाले तर्क गरिन । आपसमा खुसी साटासाट गर्दै मिठा परिकार खाँदै मनाइने इद पर्वले आपसी भाईचार र सदभाव कायम गर्न मद्दत पुग्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal