२०८१ बैशाख ८ गते शनिवार

बबईमा डुवेर दुई जनाको मृत्यु


सुर्खेत, साउन २६ । बबई नदीमा डुबेर दुई युवाको मृत्यु भएको छ ।बाँकेबाट पिकनिक खान आएका बर्दियाका प्रविण बस्याल र दैलेखका हेमन्त बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

चौलागाईका अनुसार शनिबार बाँकेबाट एउटा बस र जीपमा ३४ जना पिकनिकका लागि भेरीगंगा नगरपालिका–५ गेरुवानी आएका उनीहरु राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थलमा नुहाउन भनि पसेका थिए । त्यहाँ पुगेका मध्य तीन जना बबई नदीमा पौडी खेल्न पसेका थिए ।

एकजना बाँच्न सफल भएपनि दुई जना भने बग्न पुगेका थिए । तीमध्ये बर्दिया बढैयाताल गाउँपालिका–३ सिमराका २१ वर्षीय प्रविण बस्याल र दैलेख आठबीस नगरपालिका–८ तिलेपाटाका २६ वर्षीय हेमन्त बडुवाल बेलुका साढे पाँच बजेतिर बेपत्ता भएका थिए। बढुवालको शव शनिबार बेलुका साढे सात बजेतिर र बस्यालको शव आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *