दाङ, साउन २६ । प्रदेश ५ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको छ । प्रदेश सरकार मन्त्री परिषदको गत बैशाख १२ गतेको बैठकले बकर इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय निर्णय अनुसार सोमवार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । उनले प्रदेशभर सर्वसाधारण र सरोकारवाला सबैको जानकारीको लागि फेरि आइतवार सूचना प्रकासित गर्नु परेको अवगत गराएका छन् ।
प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार