
बगरपुरको खेल मैदान
दाङ,साउन १८ । बबई नदी किनारमा अवस्थित बगरपुर गाउँको नजिकै स्थानीयले हुर्काएको घना जंगल छ । त्यो बगरपुरको गाउँमा पनि आधा दर्जन जति बस्ति छ । माथि डाँडोमा बेलटाकुरा गाउँछ । प्राकृतिक रुपमा अति नै सुन्दर यही ठाउँको बीचमा समथर मैदान छ । जहाँ स्थानीय युवाहरुले बर्षौंदेखि फूटवल लगाएत विभिन्न खेलहरु अभ्यास गर्दै आएका छन् । तर पछिल्लो समय त्यो खेल मैदान अतिक्रमणको चपेटामा परेको छ ।
पहिले जस्तै खेलकुदका गतिविधि नहुनु तथा पछिल्लो पिढीका युवाहरुले समेत मैदान संरक्षणमा चासो नदिदा अतिक्रमन बढेको स्थानीय रमेश मल्लले बताए । ‘यो मैदान हामी भन्दा अघिल्लो दाजुहरुले जोगाएर राखे र हामीले पनि त्यसै ग¥यौं । तर,आजको युवाहरु मैदान संरक्षणमा दत्तचित्त भएर नलाग्दा अतिक्रमण बढ्यो,’ रमेश मल्लले भने । मैदान संरक्षण गर्न सके भविस्यमा तुलसीपुरमा हुने खेल कुदका गतिविधिहरु बगरपुरमा गर्न सजिलो हुने जनक मल्लले बताए । ‘मेयरसापले तुलसीपुरलाई स्पोर्ट सिटीको रुपमा विकास गर्छौं भन्ने कुरा मिडियाहरु मार्फत सुन्दै आएको छु,’जनक मल्लले भने ‘यदी साच्चि नै तुलसीपुरलाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने हो भने हरेक वडामा युवाहरुले हालसम्म आ–आफ्नै बलबुताले जोगाउँदा आएका हरेक खेल मैदानको संरक्षण गर्न उहाँ लाग्न अति जरुरी छ।’
युवा कैलाश चन्दले त्यसक्षेत्रको एक मात्रै खेल मैदान अतिक्रमण हुँदै गएको प्रति चिन्ता जाहेर गर्दै अब फेरि स्थानीय युवाहरु नर्जुमुराउँदा सम्म मैदान संरक्षण गर्न गाह्रो हुने धारणा राखे । ‘अरुको आश गरेर बस्नु भन्दा हामी आँफै केही गरौं । हाम्रो एक मात्र खेल मैदान आँफै संरक्षण गर्न हामी सबै लागि परौं,’ चन्दले भने । बगरपुरको त्यो खेल मैदान संरक्षण गर्न सके भविस्यमा त्यो नगरकै एउटा प्राकृतिक रुपमा सबै भन्दा सुन्दर खेल मैदान बन्ने उनले बताए ।

एसएफए र डोजाङले बराबरी खेले
तुलसीपुरका दुई क्लव स्पोर्ट स्कूल फूटवल एकाडमी र डोजाङ युवा क्वल बेलटाकुराले १÷१ गोलको बराबरी खेलेका छन् । बलटाकुरास्थित फूटवल मैदानमा भएको मैत्रीपूर्ण फूटवल खेलमा सुरुको हाफमा स्पोर्ट स्कूल फूटवल एकाडमीले गोल गरेको थियो । टिमका लागि पहिलो हाफमा एकाडमीका जीवन भण्डारीले गोल गरेर टिमलाई अग्रता दिएका थिए । तर दोस्रो हाफमा डोजाङ क्लवका लागि लक्ष्मण शाहले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
त्यसपछि स्पोर्ट स्कूल फूटवल एकाडमीका म्याप्टेन पवन योगी र डोजाङ युवा क्वल बेलटाकुराका टिम क्याप्टेन जनक मल्लले खेललाई बराबरीमै अन्त्य गर्न सहमत भएका थिए । २० हजारको खसी बाजी खेलमा दुबै टिमले निर्धारित समयसम्म बराबरी खेलेपछि त्यसैलाई दुबै टिमले वनभोजको रुपमा परिनत गरेको डोजाङ युवा क्वलका अध्यक्ष मल्लले बताए ।