२०८३ असार १३ गते शनिवार

राप्तीका सामुदायिक विद्यालयका प्रअहरु संग बैठक


तिर्थराज ज्ञवाली,
देउखुरी दाङ, साउन १७ । राप्ती गाउँपालिका स्तरिय सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको छ । राप्ती क्षेत्रका विद्यालयहरुको हालको अवस्था तथा गतिविधिका बारेमा छलफल तथा विभिन्न विषयमा निर्णयका लागि बैठक गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।

बैठकमा शिक्षकहरुको सम्पति विवरण बुझाउने, गाउँपालिकाबाट तलबभत्ता खाने गरी नियुक्त शिक्षक, बालविकास कक्षाका सहयोगी कार्यकर्ता तथा विद्यालय कर्मचारी पोशाक सम्बन्धमा, विद्यालयमा नियुक्त हुने विज्ञान विषयका स्वयमसेवक शिक्षक सम्बन्धमा, विद्यालयमा नियुक्त हुने निजी शिक्षक सम्बन्धमा, विद्यालय सुधार योजना पेश गर्ने सम्बन्धमा, प्रथम परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा र विद्यालयले गरेका राम्रा अभ्यासका विषयमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको बैठकले विद्यालयमा कामर्यरत स्थायी शिक्षकको हकमा सम्पती विवरण तोकिएको अवधीभित्र विद्यालय शिक्षक किताब खानामा मिति २०७६ भाद्र २८ गतेभित्र दर्ता गर्ने गरी व्यवस्था मिलाउने तथा अस्थायी करार उच्च माध्यामिक तहका शिक्षक प्राविधिक धारका शिक्षक, गाउँपालिकाबाट अनुदानबाट तलब खाने गरी नियुक्ति भएका शिक्षक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको सम्पति विवरण बुझाउने, विद्यालयमा कार्यरत रहेका गाउँपालिका अनुदानबाट तलब सुविधा लिने गरी नियुक्त भएका शिक्षक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीले समेत शिक्षकको लागि तोकिएको पोशाक कोड बमोजिमको पोशाक लगाउने गरी व्यवस्था मिलाउने रहेको छ ।

यस्तै विद्यालयमा नियुक्त हुने स्वयमसेवक विज्ञान शिक्षकको व्यवस्थापन गर्न विद्यालयहरुले गाउँपालिकामा अनुमति माग गर्ने र सो विषयमा गाउँपालिकाबाट तोकिए बमोजिम व्यवस्थापन गर्ने, विद्यालयमा नियुक्ति हुने निजी शिक्षक विद्यालयले विद्यालय व्यवस्थापन समितिको निर्णय गरि गाउँपालिकामा लेखि पठाउने र गाउँपालिकाले तोके बमोजिम परीक्षा सञ्चालनका लागि व्यवस्था, राप्ती गाउँपालिका भित्र सञ्चालनमा रहेका केही सामुदायिक आर्थिक वर्ष २०७५। ७६ को विद्यालयहरुले विद्यालय सुधार योजना पेश नगरेकोले उक्त विद्यालयहरुले १० दिनभित्र सो योजना पेश गर्न पत्राचार गर्ने, गाउँपालिका भित्र सञ्चालन भएको प्रथम परीक्षाको नतिजा २०७६ साउन २५ गतेभित्र मा प्रकाशन गर्ने निर्णय गरिएको बैठकका सदस्य सचिव शिक्षा अधिकृत विश्वास विकले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *