२०८३ असोज १ गते बिहिवार

आज विश्वकर्माको पूजा आरधना गरिदै

तुलसीपुर, असोज १ ।

आज विश्वकर्माको पूजाआराधना गरी मनाउँदै छन । यो वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाउने गरिन्छ ।
पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्माको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो पर्व मनाउने गरिन्छ । विश्वकर्मालाई एक कुशल इञ्जिनियर तथा वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत लिने गरिन्छ । बिभिन्न औजारहरु उनकै कुलश बिद्या तथा सीपका उपज भएको मान्ने गरिन्छ ।

यस दिन कालिगढले आँफुले प्रयोग गर्ने बिभिन्न औजारमा पूजाआराधना गर्ने गर्छन । यो पूजाले शुभ हुने, लाभ मिल्ने र त्यस्ता औजार धेरै समय टिक्ने विश्वास गरिन्छ । आज आ–आफ्ना साधन वा औजार धोइ पखाली सफा पारेर पूजा आरधना गर्ने गरिन्छ ।
तुलसीपुरमा पनि बिहानै देखि बिश्वकर्मा पूजा भइ रहेको छ । यातायात ब्यबसायी, मजदुर सबैले मिलेर आ–आफ्ना साधन पूजा आरधना गर्दै आइ रहेका छन् । ब्यक्ति बिषेशले आँफुले प्रयोग गर्ने दुई पाङ्ग्रे, तीन पाङग्रे, चार पाङ्ग्रे लगाएत सुरक्षाकर्मीले आ–आफ्नो हतियार पनि सरसफाइ गरि आज पूजा आरधना गर्ने गर्छन ।
धार्मिक विश्वास अनुसार द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिन थालेपछि विश्वकर्माले समुद्रको बीच भागमा ‘भेद द्वारका’ निर्माण गरि लुकाएको धार्मिक विश्वास रही आएको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *