दाङ,साउन १६ । करेन्ट लागेर दाङको तुलसीपुरमा दुई महिला घाइते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ बर्षीया चंकी चौधरी र सोही ठाउँकै ५० बर्षीया कुमारी चौधरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते मध्य चंकीको अवस्था गम्भीर रहेको छ ।
उनलाई थप राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ । अर्की घाइते कुमारीको अवस्था भने सामान्ने रहेको तथा उनको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु दुबैजनालाई गुनारीमा लत्रिएको विद्युतको तारले टाउकोमा छोएपछि करेन्ट लागेको थियो । उनीहरु दुबै जना बबई नदी बाट माछा मारेर घर तर्फ फर्कदै गर्दा विहीवार दिउँसो १ बजेतिर करेन्ट लागेको थियो ।
प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार