२०८३ साउन ५ गते मङ्गलवार

कैलालीकी निशाको होटेलमा लगि हत्या गरेको आरोपमा दैलेखका रमेश पक्राउ


दाङ, साउन ५ ।

काठमाडौँको नयाँ बसपार्कको एक गेस्ट हाउसमा हत्या गरिएकी कैलालीकी ३२ बर्षीया निशा सुनुवारको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन् ।
प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ ।
रमेशले नै कैलालीको धनगढी नगरपालिका –७ की सुनुवारको हत्या पछि शब पलंग भित्र ब्यबस्थापन गरि भागेको प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका रमेशले आफ्नो एक लाख रुपैंयाँ चोरी गरेको आरोपमा निशाको आफ्नो कम्मर बेल्टको सहयोगमा घाँटी कसेर हत्या गरेको बयान गरेका छन् ।
कास्की पोखरामा काम गर्ने रमेश पोखराबाट असार ३१ ग्ते दैलेखस्थित घर जान भनेर हिडेका थिए ।
काठमाडौं बसपार्क डकमा भेटिएकी निशाले नै रमेशलाई होटेलमा जाने हो भनेर सोधेकी थिइन ।
त्यसपछि उनीहरु एउटा गेस्टहाउसमा संगै गए । कोठामा पुगेपछि निशाले रमेशलाई नुहाएर आउन आग्रह गरिन ।
रमेश नुहाउन बाथरुममा गएपछि रमेशले उनको एक लाख रुपैंया झिकिन । निशा बाहिरबाट चुकुल लगाइ पैंशा चोरी भागिन ।
आफ्नो पैंशा फेला नपरेपछि रमेश आत्तिए । साथी दानबहादुर शाहीलाई फोन गरे । शाहीपनि सोही बसपार्कको एक होटेलमा बसेका थिए । आफ्नो पैंशा चोरी भएको कथा रमेशले साथीलाई भने । मदिरा सेवन पछि उनीहरु निशालाई खोज्न भनेर निस्किए । तर फेला पार्न सकेनन् ।
रमेश निशाको खोजीमै थिए । असार ३२ गते उनै निशा बसपार्क क्षेत्रमै फेला पर्छिन ।
मास्क लगाएका रमेशलाई निशाले चिनिनन् । यो भेटमा रमेशले आँफै निशालाई भने– जाने हो ?
निशा राजी भइन । रमेश दानबहादुरले लिएको कोठामा बस्दै आएका थिए । उनले निशालाई त्यही पुर्‍याए । कोठामा प्रबेश गरेपछि रमेशले मास्क खोले । बल्ल निशा झसंग भइन । रमेशले निशा संग आफ्नो एक लाख रुपंैंयाँ माग्न थाले । उल्टै निशाले कोठामा रहेको बियरको बोतलले रमेशलाई प्रहार गरिन । रमेश जोगिए । तत्काल निशालाई नियन्त्रणमा लिए । आफ्नो कम्मरको बेल्ट निकालेर घाँटी कसे । उनी अचेत भएपछि सोही बेयरको बोत्तल टाउकोमा पनि प्रहार गरे । निशाको योनीमा त्यो बोत्तल घुसाइ दिए । रमेशले निशाको शब खाट भित्र ब्यबस्थापन गरे । बेलुकी उनका साथी दानबहादुर पनि कोठामा आए । उनीहरु दुबै जना संगै सुते । हालसम्मको अनुसन्धान बाट दानबहादुरलाई निशा हत्या बारे कुनै कुरा थाहाँ थिएन ।
साउन १ गते दुबै जना कोठाबाट निस्किए । त्यो होटेल अरु कसैले भाडामा लियो । अरु पाहुना पनि सोही काठमा सुते । जबकि त्यो भित्र निशाको शब थियो ।
साउन ३ गते कोठा सफा गर्ने होटेलका स्टापले कडा गन्धको महसुश गरे । प्रहरी बोलाइयो । खाट भित्र निशाको शब फेला पर्‍यो ।
हत्या आरोपी रमेश महाराजगञ्ज बाट पक्राउ परेको प्रहरीले जनाएको छ । यो बीचमा दानबहादुरलाई पनि प्रहरीले बाँकेको नेपालगंज बाट पक्राउ गरि काठमाडौं पुर्‍याएको छ । हालसम्मको अनुसन्धानबाट दानबहादुरको हत्यामा संलग्नता खुलेको छैन ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *