२०८३ साउन ५ गते मङ्गलवार

कारमा आगो लाग्दो भित्रै जलेर एक जनाको मृत्यु

दाङ, साउन ५ ।

काठमाडौंको कीर्तिपुरमा मंगलबार एउटा कारमा आगो लाग्दा त्यसभित्र एक जना पुरूषको जलेर मृत्यु भएको अवस्थामा शब फेला परेको छ ।
कीर्तिपुर नगरपालिका –१ ट्यांग्लाफाँटको सुम्लाङकोट चोकभित्रको खाली जग्गामा बा ५ च ३०३८ नम्बरको कारमा बिहान स्थानीयले एकाएक आगो लागेको देखेका थिए ।
स्थानीयले पानी हालेर आगो निभाउने प्रयास गरेपनि त्यो तत्काल सफल हुन सकेन ।
एक जना मानिस कार भित्र देखेपछि स्थानीय र प्रहरीले उनलाई निकाल्न प्रयास गरेको भएपनि ठूलो आगोको लप्काका कारण त्यो सफल हुन नसक्दा ती मानिसको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक पुरूष चालक सिटमा फेला परेका थिए । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *