२०८३ असार ३० गते मङ्गलवार

नदी किनारमा मृत फेला परेका शबको सनाखत

दाङ, असार ३० ।
सुर्खेतस्थित भेरी किनारमा सोमबार फेला परेको शबको सनाखत भएको छ ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार मृतक जाजरकोट जुनीचाँदी गाउँपालिका – १ का ४५ बर्षीय कर्णबहादुर रावत रहेको खुलेको हो ।
रावतका छोरा २३ बर्षीय गणेश रावलते मंगलबार शवको सनाखत गरेका हुन । कर्ण असार २५ गते बाख्रा चराउन गएको समयमा भीरबाट लडेर स्थानीय खोलामा परि बगाई बेपत्ता भएका थिए । घर परिवारले त्यसबारे प्रहरीलाई अवगत गराएका थिए ।
सोमबार दिउँसो ४ बजेतिर उनको शब सुर्खेतको गुर्भाकोट नगरपालिका – ११ बर्माघाटस्थित भेरी नदी किनारमा फेला परेको थियो । शब पोष्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।


स्थानीयले टेलिफोन मार्फत भेरी नदी किनारमा एउटा शब फेला परेको अवगत गराएपछि प्रहरी चौकी मेहलकुना बाट प्रहरी सहायक निरीक्षक मनिष गुरुङ नेतृत्वको टोली पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय ि छिन्चु बाट प्रहरी निरीक्षक प्रकाशकुमार केसी नेतृत्वको टोली घटनास्थल पुगेर मुचुल्का तयार पारि शब पोष्टमार्टमका लागि मेहलकुना अस्पताल पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *