२०८३ असार २० गते शनिवार

मध्यराति होटेलबाट ११ जुवाडे पक्राउ


दाङ, असार २० ।
प्यूठानको एक होटेल बाट ११ जना जुवाडे पक्राउ परेका छन् ।
जुवा खालबाट १ लाख ८५ हजार ११२ रुपैैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

स्वर्गद्धारी नगरपालिका – ४ बाझीपुरस्थित मुनलाइट होटल बाट उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
होटेलको दोश्रो तलाको कोठामा पैंसाको हारजित हुने गरी जुवातास भइ रहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले जुवा खालमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
गएराति ११ बजेतिर जिल्लाका प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु उपर जुवा ऐन अन्तर्गत कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *