२०८१ बैशाख २१ गते शुक्रवार

बलिदान


-विशाल गुप्ता

हौसला नटुटोस बरु टुटोस आश हाम्रो
बलिदानले महकाउछ सदेब लाश हाम्रो
मसानघाटले धिक्कर छ  देश छाेडि जादा कतै 
नेपालआमाकै छातिमा बरु छाेडछाै साश हाम्रो

न त कसैको बन्न सक्यौ न त कसैलाइ बनाउन सकौ
मानवता मार्नु हुन्न भरिपुर्ण छ पास हाम्रो
अतिथि देव भव पिता मातापिताको आशिर्वाद
स्वदेश नै हराभरा लाग्छ स्वर्ग वास हाम्रो

जब जब सत्यले उठाउछ शिर हाम्रो
तब तब अन्त्य हुन्छ सधै सबै पिर हाम्रो
मानवताले परिवर्तन गर्छ गाउँ बस्ती सहर
टुट्छ एकदिन अवश्य नै दुखको जन्जिर हाम्रो

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *