कविता
बसन्तकाे नयाँ पालुवा
चिरबिर चिरबिर चरिहरुकाे अावाज
रङ्गीबिरङ्गी मान्छेहरुका अनुहार
अाकासमा बादल भरिए जस्तै
भरिएका छन् नयाँ बर्षका खुसीहरु,
साटासाट गर्दै एकअापसमा माया र ममता
रमाउदैछन् अामाबुवा दाजुभाई र दिदिबहिनीहरु
मिठाे मिठाे परिकारहरुकाे सुगन्ध
मिठाे मिठाे फूलहरुकाे बास्ना
साच्चीकै नयाँ बर्ष सुरु भएकाे छ।
दिदि र भाईकाे मिलन
अामा र छाेराकाे मिलन
ठुलै चाडबाड अाए झैँ लागेकाे छ
अाकास खुलेकाे छ धर्ती रमाएकाे छ
चिसाे पवनले छुदा सारा शरिर शान्त भएकाे छ,
गाेठमा भेडिहरुका गुन्जनहरु
मेलापातमा दिदिबहिनीहरुका सुरिला भाकाहरु
यी सबै कुराहरुमा नयाँ बर्षकाे स्वाद मिसिएकाे छ
शुभकामनाका शब्द गुच्छाहरु
अादानप्रदान भैरहेका छन्
काेही मेला केहि साथीहरु सँग रमाइलो गर्दैछन्
कतै रक्सी र बियरका पार्टी
कतै जुवातासकाे पार्टी
कतै प्रेमी र प्रेमीकाकाे मिलन
नयाँ बर्षकाे स्वाद फैलिएकाे छ सारा नेपाली मनमा
साच्चीकै नयाँ बर्ष सुरु भएकाे छ।
युग बदलिएकाे छ
शासन बदलिएकाे छ
नयाँ संरचनाहरु फेरिएका छन्
राजनीति परिवर्तनले देशमा शान्ती अाएकाे छ
भाईभाई बिच मिलन भएकाे छ
नेपाल अामाले सुखकाे सास फेर्न पाएकि छिन्
नयाँ बर्ष सँगै धेरै परिवर्तनहरुका
पर्खालहरु ठडिएका छन्
नयाँ बर्ष उमङ्गमय हाेस्
नयाँ बर्ष उल्लासमय हाेस् ।
– कपिल मणी