२०८१ फाल्गुन ६ गते मङ्गलवार

बस्दैन लुकेर

कविता – बिशाल गुप्ता
सफल जीबन मानिसको आदर्श व्यवहारले
ब्याकुल पार्छ समाजलाई कुकर्म र कुबिचारले
आमा रुदै छिन आज अत्याचारले
समाज शोकमा छ ठालुको दुव्र्यवहारले ।

जसले गरिबी बुझ्यो
त्यसले बिकाश गर्छ
जसले आफुलाई मात्रै बुझ्यो
त्यसले बिनाश गर्छ
भ्रष्टाचारीलाई पोस्छ ।

आम जनताको खुसी,
युवा अघि बद्नै पर्छ
अब तिम्रै छ भर
मनमा उमंग
सुन्दरताको लहर
युवा जागे बन्ने छ
गाउँ अनि सहर ।
गरिबलाई बस्त्र रोटी
अनाथलाई हुने छ घर
एक दिन अबश्य आउछ
देशमा नयाँ प्रहर ।

हिमाल पहाड तराई
कोही छैन पराई
हरियाली, शितलता कहिले झर्दैन
बुद्ध र सगरमाथाको नाम
कहिलै मर्न दिनु हुन्न
वीरता र देशभक्ति कहिले नटुटोश ।

अमृतरुपी जलधारा रोकिन्न
कहिले रोकेर
बैरीको सामु
यो शिर
कहिलै झुक्ने छैन
निरन्तर जुटौं युवा हो
देशको इज्जत बोकेर
वीरको सन्तान
कहिलै बस्दैन लुकेर ।।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *