२०८१ असोज २५ गते शुक्रवार

मेरो देश

बिशाल गुप्ता

अभाव भन्ने के पो छ र लाग्छ सहर जस्तो
देवराज इन्द्रको स्वर्ग घुम्ने रहर जस्तो
अदृश्यको यात्रा गर्ने समुन्द्र लहर जस्तो
दुर्गन्धको लेस छैन सुभारन्भको प्रहर जस्तो

    भुझ्ने जटिल प्रकृतिको अनौठो यो खेल जस्तो 
       बिजयोत्सव मनाइरहेको बन्दिहरुको जेल जस्तो 
     हजार यात्री हजार कोठा लाग्दै छ रेल जस्तो 
     स्वर्ग मृत्य पातालको यसैमा छ मेल जस्तो 

दन्त्यलहर खोलिरहने सबैको शिर जस्तो
उदार अनि निदर छ नेपाली त्यो वीर जस्तो
सत्काममा मात्र चल्ने रामचन्द्रको तिर जस्तो
अनिकालको बेलामा बाँडिएको खिर जस्तो

       एउटै पुस्तकमा रहस्यको हजारौं पाठ जस्तो 
       दरिद्रलाई सेवा गर्ने उठेको यो हात जस्तो 
       युगलाई बदल्न सक्ने देवताको बात जस्तो 
       परमानन्दमा लुकेको जवानीको मात जस्तो

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *