२०८१ असोज २४ गते बिहिवार

कविता : खबरदार


– बिशाल गुप्ता
बन्द गर नाटक तिम्रो फाटकहरु खुली सके
जनता सबै जागी सके पहिलेको कुरा भुली सके ।
किन व्यर्थैमा लोभ देखाउँछौ कोही छैन कलो खाने
तिम्रा कुकर्मको साथसाथै कोही छैन सती जाने ।।

कतिन्जेल विक्छौ तिमी पैसा पैसा भन्दै गर्दा
साथ लान सक्दैनौ नि तिमीले पैँसा आफु मर्दा
लाजपनि लाग्नु पर्ने अरुलाई चुस्दै गर्दा
लौरी पनि विस्र्यौ कि संगै खोलो तर्दै गर्दा ।।

कुनै दिन पालो आउँछ तिमीलाई तह लगाउने
लाठी लिई आउँछन जनता तिमीलाई भगाउने
भोकै बस्नु पर्ने जनता तिमीमात्र अघाउने
विरोध गर्दा अझै मुखमा तिमीले ताल्चा लगाउने ।।

निमय कानुन देखाउँदै लुट्न पल्केका तिमी
नाटक गर्न सिपालु छौ आफै बोक्सी आफै धामी ।।
खबरदार, होश गर लामो हात पार्ने होइन
गधा गाई हुँदैन है रात दिन तिमी धोइ हेर

मर्नु पर्छ तिमीलाई पनि पाप धर्म ख्याल गर
पल पलमा ख्याल गर्दै गरिबको शेबक बन ।।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *