२०८१ मङ्सिर १९ गते बुधवार

कविता – त्रास


–विशाल गुप्ता

आशाको दियो बल्दैछ गाउँ समाजमा
प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको आशमा ।
ज्यूँदो लाश भइसके जनता महंगीको त्रासमा
कतिन्जेल बस्नु पर्ने हामी नेपाली प्रवासमा ।।

नेताको भाषणले पेट कहिल्यै भरिएन
नारा लगाउँदैमा नेताले गरिवी कहिल्यै फेरिएन ।
कतिन्जेल गर्छौ, ए नेता हो, गरिव माथि शासन
काम गरेर देखाउ यहाँ चाहिएन तिम्रो भाषण ।।

कम्तिमा दुई छाक खान देउ सुखोमनले बसेर
चुस्नु चुसि सक्यौ निकाल्दैछौ खरानी घसेर ।।

पाँच बर्ष खादा माला लाउँदैमा जाने भो
ऋणमाथि ऋण थपिदै जाँदा देश कंगाल हुने भो ।
नैतिकता कहिल्यै सिकेनौ तै पनि आदर्शको कुरा गर्छौ
चुनावमा खाएको बाचा भन कहिल्य पुरा गर्छौ ?

वेच्यौ नालापानी अनि टुक्यार्यौ तिमिले कालापानी
आफ्नै गोडामा हान्दैछौ बन्चरो जानिजानी ।।
पूल्नै छाडे जाही जुही अनि लाली गुराँस
नेपाल मेरो शिर रहन्न कि क्याहो हुन थाल्यो त्रास ।।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *