– बिशाल गुप्ता
घुम्न जाउँ तुलसीपुर सबको एउटै नारा
पछि हट्नु हुन्न कोही बोकौं अभिभारा ।।
विकास भयो अभिशाप हेर्दा टाढाटाढा
फूल माथि च्वास्स विझ्ने भयो अहिले काँडा ।।
विग्रिएर लथालिङ्ग छैन कुनै रिती
गरिवलाई मार्ने ल्यायौ तिमिले कस्तो नीति ??
धनी गरिव बीच भयो दुरी टाढाटाढा
कहिले होला सफल हाम्रो तुलसीपुरको नारा ।।
जहिले पनि मारमा पर्छन गरिव सर्वहारा
जनताको अभियानमा भए जनता चारा ।।
भ्रष्टाचारको रंग घोल्दा भयो गाढागाढा
विग्रिएर समाज भयो सबै छाडाछाडा ।।
जनता मार्ने कस्तो नीति, छैन घर भाडा
कमाइ खाने खोसी दिन्छन कठै ठेला गाढा ।।
प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार