२०८१ मङ्सिर २४ गते सोमवार

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाण्डौ,साउन २३ । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका दुई सय ९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो ।

साहित्यकार डा। नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा. निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ ।

यीमध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *