तुलसीपुर, मंसिर ३ । गजल अभियान दाङले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार र सम्मान यो बर्षपनि प्रदान गर्ने निर्णय गरेको छ । यो वर्ष ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार गजलकार सुशील गौतमलाई र ूपानसरी मनविर गजल संगीत पुरस्कार ू गायक शिशिर योगीलाई प्रदान गरिने भएको छ ।
संस्थागत सम्मान तर्फ साहित्यिक संस्था प्रगतिशिल लेखक संघ दाङलाई सम्मान गरिने भएको छ । गजल अभियान दाङको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पुरस्कार र सम्मान छनौट समितिका संयोजक संगीतकार तथा गजल अभियान दाङका सल्लाहकार सन्तोष श्रेष्ठ र छनौट समिति सदस्य तथा सल्लाहकार द्वय छविलाल कोपिला र दीपक शर्मा समिरले पुरस्कार प्रदान गर्ने श्रष्टाको छनोट गरेका हुन ।
गजल अभियान दाङला अध्यक्ष प्रबल बिष्टले छिट्टै बैठक गरेर पुरस्कार वितरणको मिति तय गरिने बताए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार