२०७७ मङ्सिर १७ गते बुधवार

एक बेईमान मान्छे

कुरीति कुसंस्कार कुपरम्पराले भरिपुर्ण रहेको एक सानो मौलिक सुन्दर समाज
जहाँ सुर्यको किरण उदाँउछ, फुलहरुको शुवासले चारैतिर सुगन्धित गराउँदा
कोईलीको मधुर कुहुकुहु आवाजले मन्दमुग्ध गराउँछ,
आज त्यो समाज दुर्गन्धको पहाडमा हिउँ जस्तै ढप्प ढाकिन खोज्दा
हिउँ नै पगाल्छु दुर्गन्धको पहाड पानिको सागरमा बिलिन गराउँछु भन्ने एक सहास
समाजको शब्दकोशमा कहलिन्छ एक बेईमान मान्छे, हो म नै हो त्यो एक बेईमान मान्छे।

हत्या हिंसा चोरि डकैति सामान्य भएको छ मानै यो त दैनिक जिवनमा गर्नै पर्ने कुरा जस्तो
बलात्कारी, घुसखोरी खुलेयाम छाति फुल्याएर आफ्नो शक्ति प्रस्तुत गरि शिर माथि निकाल्न खोज्दा शिरको तालुमा टेक्दै डोरिको फाँसोमा घाटि रेटिनु पर्छ भन्ने एक सहास
समाजको शब्दकोशमा कहलिन्छ एक बेईमान मान्छे, हो म नै हो त्यो एक बेईमान मान्छे।

अबोध, निर्मल, स्वच्छ, शालिन हृदय भएका मान्छेलाई छल कपट गरि पैसाको मोहमा पारेर कुनामको खाडलमा दफन गर्ने हाम्रो समाज
अहंङ्कार र अन्धकार बाट रुमलिरहेको समाज लाई परिवर्तन गर्दै अग्रसर हुदै चेतनाको दिप बाल्ने युगिन समुन्त समाजको निर्माण गर्न खोज्ने एक सहास
समाजको शब्दकोसमा कहलिन्छ एक बेईमान मान्छे, हो म नै हो त्यो एक बेईमान मान्छे।

गलत नयनले गलत ठाउँमा नियालिदिदा समाजका त्यी मै हु भन्ने त्यी भनाउदाहरु
आजको यो बैज्ञानिक युगमा आफ्नै स्वार्थ लदाउन खोज्ने त्यी कन्सुत्लाहरु
अब त पाठ सिकाउनै पर्ने भो ज्यान जाला समाज परिवर्तन गर्नै पर्ने भो
रात दिन भोक प्यास निद्रा नभनि यात्रा गरिराख्ने नथाक्ने एक साहस
समाजको शब्दकोशमा कहलिन्छ एक बेईमान मान्छे, हो म नै हो त्यो एक बेईमान मान्छे।

नेता बदलियो, सरकार बदलियो, संरचना बदलियो तर उहुम्म मान्छेको न त रङ्ग बदलियो, न त ढङ्ग बदलियो, न त कुनै दङ्ग भयो,
गाउँ उहिका उहि, समाज उहिका उहि, राष्ट्र उहिका उहि हुदाँ
छातिमा हात राखेर सुनौलो भविष्यको परिकल्पना गर्दै, काधमा जिम्मेवारि शिरमा कर्तब्य बोक्दै अहोरात्र खटिने एक सहास
समाजको शब्दकोसमा कहलिन्छ एक बेईमान मान्छे हो म नै हो त्यो एक बेईमान मान्छे।

बबि बस्नेत
तुलसीपुर-१६ दाङ्ग

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *