फेसबुकको मेसेन्जर नामक
कोठामा बज्न थाल्यो
एउटा अनौठो संवादको घण्टी
जसरी पहरा बाट हामफाल्दा
निस्कन्छ झरना को आवाज
जसरी रातमा गाउँछन जुनकिरीहरु
हुर्कदो यौवन का शब्दहरू टिप्यौ
अङगालो हुदै भाईलिङ्ग सम्म
अनुवाद गर्यौ,लठ्ठिए मनका अन्तराहरू
मन लुट्ने तिम्रो सोरठी आवाजमा
लोभ लाग्दो बन्यो साझँ
जसरी बसन्त ऋतुमा
लोभिन्छन आखाहरू।
पगाल्यौ तिम्रो धुनले मलाई ,
रोकेर एकै छिन बिलासी झंकारहरु
एक्कासी म तिम्रो आँखामा पोखिए
रात पग्लिने गरि सुसायौ
म पनि झरे आफै भित्र बाट
मेरा नया शब्दहरू लिएर
तिम्रो धुनहरुको चाहना मेट्यौ
जसरी उकालो कटे पछि
बटुवाले मेट्दछ तिर्खा।
म अचेल खोजी रहेछु साविकको धुन,
त्यहि तिम्रो आवाजमा
प्रेमको जिबन्त गित,
त्यहि साझँ को सम्बाद
जसरी भोकाएको बालकले
खोज्दछ आफ्नी आमा।
तर अफसोच तिमीलाई
घासको भारी बाँधे जस्तै
सजिलो रहेछ कसम बाध्न
बस्तु फुकाए झै सजिलो
रहेछ बाचा फुकाऊन
कती सजिलै मन ले बाधेर
मुटु लिएर गयौ।
म चिच्याई रहेछु तिम्रो नामको सम्बोधनमा
उघारेर समयका पर्दा हरू
खोजिरहेछु तिम्रै अस्थित्व।
तर तिमी त
मान्छे हरुको मनमनमा बस्दै
मुटु संगै प्यास बोकेर हिड्ने
यात्री पो रहेछौ।
आयौ हुरी झै जवानी को उन्माद लिएर
सोहोरेर लग्यौ उमेर का रहरहरु!
खसेको मुटुको आलो घाउमा
तिम्रो सम्बन्ध को मल्हम दल्दैछु
सहास छैन म संग तिम्रो नाम मेटेर
अर्को लेख्नलाई
तिमी पो मायाको ब्यापारी रहेछौ
म त कहाँ माया बेच्न सक्छु र?
तिमी टाढा भएपछि
केवल उदेक लाग्न थालेको अचेल
आँखा बाट बर्षा को समयमा
बगिरहेका नदि जस्तै धमिलो आँसु बोकेर
बग्दछ अतित!
मान्छेहरूको भिडमा
एक्लै छु अचेल
तर म सङगै बसे झै लाग्छ
तिम्रो याद ।
बनका सुरिला सालका पथराहरू
तिमी जस्तै देख्छु
हुर्कदै गरेका मकैका बोटहरूमा
तिम्रो जवानी खोज्छु
केराका पातहरु हावाको तालमा हल्लिदा
तिम्रो ईसारा सम्झन्छु।
तर बेखबर तिमी
कुन धरातलमा को संग
जिबनका पाईलाहरु नाप्दै हौली
या मेरा यादहरू संग रोमान्स गर्दै हौली !
घामले नभेटेको
एउटै आकाशको जुन
र सिक्का का दुई पाटाहरू
जस्तै, भयौ हामी
म त
सलाईको बाकस भित्र को
बन्दी बारूद जस्तै भएको छु
आऊ तिमीले नै कोरिदेऊ
म आफुलाई बाल्न चाहन्छु
र ति सबै सबै यादहरू खरानी
बनाउन चाहन्छु।।