२०८१ भाद्र २७ गते बिहिवार

प्रथम कुबेर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

लक्ष्मण बस्नेत
दाङ, भदौ १९ ।

दाङको तुलसिपुरमा स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता असोज ३ गतेदेखि सुरु हुनेछ ।

नेपाली कांग्रेस तुलसीपुर नगर समितिको भदौ १८ गते बसेको बैठकले तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र विस्तारमा अतुलनीय योगदान पु¥याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नगर सभापति सुरेश हमालले जानकारी दिए ।

‘कुबेर बहादुर शाह राप्ती अञ्चलकै खेलकुद क्षेत्रको हस्ती हुनुहुन्थ्यो उहाँले खेलकुद क्षेत्रमा खर्चेको समय र लगानी सबै खेलाडीका स्मरण गर्न योग्य छ’ तर बिडम्बना हालसम्म खेलकुद सम्बद्ध सरोकारवा निकायले सम्झन नसक्दा स्मृती कप भलिबलको आयोजना गरिएको सभापति हमालले बताए ।

नगर उपसभापति विनिल केसीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आउँदो असोज ३ देखि ५ गतेसम्म सञ्चालन गर्ने र प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न सबै प्रकारका तयारीलाई तिव्र पार्ने निर्णय गरेको नगर सचिव बिमल पौडेलले जानकारी दिए ।

स्मृती कपमार्फत नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङलगायत अन्य जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्राविधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरिले जानकारी दिए ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका ेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर, वेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर र वेष्ट लिब्रोलाई नगद, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि टिम दर्ता शुल्क पाँच हजार रुपैयाँ राखिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *