२०८१ बैशाख १९ गते बुधवार

भोलिदेखि एसीसी प्रिमियर कप ओमानमा शुरु हुँदै

काठमाण्डौ ,चैत २९ । भोलिदेखि ओमानमा एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । भोलि एकैदिन चार वटा खेल हुँदैछन् ।

नेपालले भोलि पहिलो खेल बेलुका सवा ४ बजे मलेसियासँग खेल्दैछ । यो खेल अल अमिरातमा हुनेछ ।

त्यसअघि बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

भोलिदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *